इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह
khabarhub.com · Sat Oct 10 07:43:49 GMT 2026

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः सुरु भएको हिंसा रोक्न र तत्काल युद्धविराम गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् ।
महासचिवका प्रवक्ता स्टेफन दुजारिकका अनुसार टिग्रे, अफार र अम्हारा क्षेत्रमा पुनः लडाइँ सुरु भएपछि गुटेरेसले चिन्ता व्यक्त गरेका हुन् । उनले द्वन्द्वरत पक्षलाई तत्काल युद्धविराम गर्न र प्रिटोरिया सम्झौताअनुसार वार्तामा फर्कन आह्वान गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)