दुर्गा पूजाको अवसरमा मौलापुरमा सरसफाइ अभियान
onlinekhabar.com · Sat Oct 10 07:39:24 GMT 2026

२४ असोज, काठमाडौं । दुर्गा पूजाको अवसर पारेर रौतहटको मौलापुर नगरपालिकामा नगर सरसफाइ अभियान संचालन गरिएको छ । नगरप्रमुख रीना कुमारी साहको आह्वानमा चाडपर्वको समयमा नगरलाई स्वच्छ, सफा र सुन्दर बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
दुर्गा पूजाको विशेष अवसरमा सुरु गरिएको अभियानले नगरको सरसफाइ व्यवस्थापनलाई प्रभावकारी बनाउनुका साथै स्वच्छ वातावरणमा चाडपर्व मनाउने नगरपालिकाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)