मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सबै स्थानीय तहमा मनोसामाजिक परामर्शदाता राख्न सरकारलाई आयोगको आग्रह

ratopati.com · Sat Oct 10 07:52:54 GMT 2026

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले नेपालमा मानसिक रूपमा अस्वस्थ नागरिकको जीवन, स्वतन्त्रता र मर्यादा सुरक्षित हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेको छ । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा शनिबार एक विज्ञप्ति जारी गर्दै आयोगले कानुन र कार्यक्रमहरू भए पनि मानसिक रोगबाट प्रभावित व्यक्तिहरूको अधिकार संरक्षण हुन नसकेको जनाएको हो ।

यस वर्ष ‘भोगाइलाई सुनौँ, आवाजलाई सम्मान गरौँ, परिवर्तनको सुरुवात गरौँ’ भन्ने नाराका साथ विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै छ । तर आयोगको अनुगमनबाट मानसिक रोगीका आवाज र भोगाइप्रति बेवास्ता हुने गरेको तथा दुर्व्यवहार र विभेदका कारण उनीहरू मारमा परेको देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)