भारतको एकदिवसीय टोलीको कप्तानी रोहितले गर्ने
baahrakhari.com · Wed Dec 08 16:27:00 GMT 2021
काठमाडौं । राष्ट्रिय ट्वान्टी–२० क्रिकेटको कप्तानी गरिसकेका रोहित शर्मालाई भातरले एकदिवसीय टोलीको कप्तानमा नियुक्त गरेको छ । विराट कोहलीले सीमित ओभरको कप्तनी छोडेपनि भारतले रोहितलाई कप्तानीको जिम्मेवारी दिएको हो ।
भारतीय राष्ट्रिय क्रिकेट ट्वान्टी–२० र एकदिवसीय टोलीको कप्तानी अब रोहितले गर्नेछन् । भारतले दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट रोहितको कप्तानीमा खेल्नेछ । त्यसअघि आईसीसी विश्व टेस्ट च्याम्पियन्ससिप अन्तर्गत भारतले दक्षिण अफ्रिकासँग तीन टेस्ट सिरिज खेल्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)