मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इंग्लिस प्रिमियर लिगमा आजदेखि छैटौँ चरणका खेल, आर्सनल र म्यानचेस्टर युनाइटेड मैदानमा उत्रँदै

nagariknews.nagariknetwork.com · Sat Oct 10 08:01:42 GMT 2026

इंग्लिस प्रिमियर लिग फुटबलको २०२६/२७ सिजनअन्तर्गत छैटौँ चरणका खेल आज शनिबारदेखि सुरु हुँदैछन्। तीन साताको अन्तर्राष्ट्रिय विश्रामपछि फर्किएको लिगमा आज विभिन्न ६ खेल हुँदैछन्। दिनको प्रमुख खेलमा आर्सनलले लिड्स युनाइटेडसँग खेल्दा म्यानचेस्टर युनाइटेडले टोटनहम हट्सपरको सामना गर्नेछ।

आजको पहिलो खेलमा आर्सनलले नेपाली समयअनुसार साँझ ५ः१५ बजे लिड्स युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ। घरेलु मैदान इमिरेट्स स्टेडियममा हुने खेलमा आर्सनल पछिल्लो हार बिर्सँदै जितको लयमा फर्कने लक्ष्यमा हुनेछ। पाँचौँ चरणमा आर्सनल ब्राइटनसँग ३–० गोलले पराजित भएको थियो। लिड्स भने जारी सिजनमा अपराजित रहँदै आर्सनललाई चुनौती दिने तयारीमा छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)