राष्ट्रपति ट्रम्पले तोकेको ‘ट्यारिफ’ अवैध : अमेरिकी पुनरावेदन
ekantipur.com · Sat Aug 30 17:19:10 GMT 2025

काठमाडौँ — भारतमा ५० प्रतिशत ट्यारिफ (भन्सार कर) लागु गरेसँगै चौतर्फी आलोचना भइरहादा अमेरिकी पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको भन्सार दर अवैध ठहर गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार शुक्रबार वासिङ्टन डीसीस्थित संघीय पुनरावेदन अदालतले ट्रम्पले लगाएको भन्सार कर अवैध भनेको हो ।
ट्रम्पले गत अप्रिलमा अमेरिकाले व्यापार घाटा बेहोरेका देशमा ५० प्रतिशतसम्म र अन्य देशमा १० प्रतिशत आधारभूत भन्सार कर तोकेका थिए । अमेरिकी कंग्रेस (संसद्) को स्वीकृतिबिना ट्रम्पले १९७७ को अन्तर्राष्ट्रिय आपत्कालीन आर्थिक शक्ति ऐनअन्तर्गत भन्सार कर लागु गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)