नेदरल्यान्ड्समाथि अस्ट्रेलियाको कीर्तिमानी जित
ratopati.com · Wed Oct 25 21:28:00 GMT 2023
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा बुधबार अस्ट्रेलियाले नेदरल्यान्ड्समाथि तीन सय नौ रनको कीर्तिमानी जित हासिल गरेको छ । दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा टस जिती पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा आठ विकेट गुमाएर तीन सय ९९ रन बनायो ।
जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले २१ ओभरमै अलआउट हुनुअघि ९० रनमात्र बनाउन सक्यो । आईसीसी एकदिवसीय विश्वकपको इतिहासमा कुनै पनि टोलीले रनका आधारमा हासिल गरेको यो सबैभन्दा फराकिलो अन्तरको जित हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)