मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

खोला मिचेर प्लटिङ र घर, बर्सेनि बाढीको बबन्डर

gorkhapatraonline.com · Thu Aug 11 00:08:16 GMT 2022

काठमाडौँ, साउन २६ गते । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित मनोहरा फाँटमा अव्यवस्थित रूपमा गरिएको प्लटिङका कारण बर्सेनि बाढीले बबन्डर मच्चाउने गरेको छ। बर्खायाम सुरु भएपछि सामान्य डुबानमा परिरहेको मनोहरा फाँटसहित आसपासका बस्ती मङ्गलबार रातिदेखि भएको भीषण वर्षाका कारण जलमग्न भए।

मनोहरा मात्र होइन, काठमाडौँ उपत्यकाका मुख्य नदी र खोलाको नै अवस्था उही हो। कागेश्वरी मनोहरासँगै गोकर्णेश्वर नगरपालिकामा पनि डुबान र पहिरोको प्रताडनामा स्थानीयवासी परेका छन्। भौतिक संरचनासँगै स्थानीयवासीले लगाएको तरकारी र धान बालीमा पनि बाढीले क्षति पु-याएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)