योगेशले दिए ओलीलाई सुझाव
ratopati.com · Sat Oct 10 08:25:08 GMT 2026

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव योगेश भट्टराईले बाँकी केन्द्रीय सदस्यको मनोनयनमा ४० वर्षमुनिका युवाहरूलाई समेट्नुपर्ने बताएका छन् । पार्टीको स्थायी कमिटी बैठक चलिरहेकै बेला शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष केपी ओलीलाई सुझाव दिँदै उपमहासचिव भट्टराईले सो अनुरोध गरेका हुन् ।
भट्टराईले ४० वर्षमुनिका युवाहरूलाई विशेष स्थान दिन र विगतमा छुटेका भूगोल र समुदाय तथा आन्तरिक सन्तुलनलाई ख्याल गरी मनोनयन गर्नुपर्नेमा जोड दिएका छन् । उनले स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा पुराना र नयाँको सन्तुलन मिलाउन समेत अध्यक्ष ओलीलाई आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)