जंगली च्याउ खाँदा बालिकाको मृत्यु
baahrakhari.com · Sat Oct 10 08:26:38 GMT 2026

घोराही । दाङमा जंगली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ । गढवा गाउँपालिका–१, वनघुस्री निवासी तीन वर्षीया लक्ष्मी माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी हेमबहादुर केसीले जानकारी दिए ।
स्थानीय ऋषि माझीकी श्रीमती २६ वर्षीया सुमित्रा माझी र उनकी तीन वर्षीया छोरी लक्ष्मी जंगली च्याउ खाएपछि बिरामी परेका थिए । उनीहरूलाई उपचारका निम्ति भालुवाङ अस्पताल लगिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)