स्वास्थ्यकर्मी अभाव हुँदा जिल्ला कारागार दार्चुलामा समस्या
ratopati.com · Fri Jan 02 19:17:43 GMT 2026

दार्चुला। जिल्ला कारागार दार्चुलामा छ महिनादेखि स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य परीक्षण तथा उपचारमा समस्या भएको छ । अहेबको दरबन्दी रहे पनि गत साउनयता कारागारमा कुनै पनि स्वास्थ्यकर्मी खटिएका छैनन् ।
चिसो मौसमसँगै बिरामीको सङ्ख्या बढ्न थाले पनि स्वास्थ्यकर्मीको अभावले सामान्य स्वास्थ्य जाँच गर्न समेत समस्या भइरहेको जेलर सरिता चन्दले जानकारी दिइन् । सामान्य बिरामी देखिँदा पनि कैदीबन्दीलाई जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)