दिल्लीमा नाकाबन्दी : नागरिकमाथि अविश्वास
ratopati.com · Sat Oct 10 08:45:00 GMT 2026

भारतीय जनता पार्टी निदाउन सकेको छैन । उसले प्रत्येक हप्ता विरोधको सामना गर्नुपरेको छ र विरोधीहरूको भूतले उसलाई सताइरहेकै छ । दिल्ली, बङ्गाल, गुजरात, मध्य प्रदेशजस्ता प्रत्येक राज्यका सहरहरूमा प्रहरीले गल्लीगल्लीमा गस्ती गरिरहेको छ र युवाहरूलाई आँखाले सुँघिरहेको छ ।
दिल्लीको हाल भने झनै बेहाल छ । दिल्ली पुलिस सडकमा हिँड्दै गरेका प्रत्येक कदमहरूलाई कतै खतरा त होइन भनी लख काट्दै निगरानी गरिरहेको छ । कतै ती कदमहरू जन्तरमन्तरतिर त मोडिने होइनन् भनी आशङ्का छ । यतिबेला प्रत्येक व्यक्ति सरकारका लागि सम्भावित प्रदर्शनकारी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)