मधेश आन्दोलनका शहीद परिवार तथा घाइतेहरूद्वारा जनकपुरधाममा प्रदर्शन
shilapatra.com · Mon Jun 08 16:08:17 GMT 2026

मधेश आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको हक, अधिकारको सुनिश्चितता गर्न माग गर्दै मधेशी शहीद एवं घाइते हकहित संघर्ष समितिले जनकपुरधाममा प्रदर्शन गरेको छ । राज्यले शहीद र घाइतेहरूको योगदानको उचित सम्मान नगरेको भन्दै उनीहरूले असन्तुष्टि जनाउँदै प्रदर्शन गरेका हुन् ।
उनीहरूले शहीद परिवार तथा घाइतेहरूको शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्न सरकारसँग माग गरेका छन् । समितिले मधेश आन्दोलनका शहीद तथा घाइतेहरूको हित संरक्षणका लागि छुट्टै ऐन–कानुन निर्माण गर्नुपर्ने र मधेशी शहीद प्रतिष्ठानलाई स्वायत्त संस्थाका रूपमा सञ्चालन गर्नुपर्ने मागसमेत अघि सारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)