मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विद्युतीय चुल्होसम्बन्धी अभिमुखीकरण सम्पन्न

abhiyandaily.com

काठमाडौं (अस) । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले विद्युतीय चुल्होसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । संस्थाले नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको सहयोगमा संस्थामा आबद्व सदस्यहरूलाई विद्युतीय चुल्होको प्रयोगका फाइदा, प्रयोग विधि लगायत विषयमा तालीम दिएको हो । सोमवार रूपन्देहीको बुटवलमा सोसम्बन्धी अभिमुखीकरण तथा नमूना प्रदर्शनी कार्यक्रम सम्पन्न गरिएको संस्थाले जानकारी दिएको छ ।

वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष बाबुराम विश्वकर्माको अध्यक्षता र बेलायती राजदूतावास काठमाडौंका उपविकास निर्देशक हेडी टाभकोलीको प्रमुख आतित्थ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि टाभकोलीले भान्छामा बढी समय बिताउने गृहिणी महिलाको स्वास्थ्यका लागि विद्युतीय चुल्हो महत्त्वपूर्ण रहने बताए । कार्यक्रममा संस्थापक अध्यक्ष डा. मानबहादुर बीके, बेलायती राजदूतावास काठमाडौंका रेसा पिया, कवीन्द्र सुब्बा, नवीकरणीय ऊर्जा कार्यक्रमका अच्युतहरि अर्याल लगायतको सहभागिता थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)