मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चियाका युरोपेली खरिदकर्ताहरू बगान चहार्दै

abhiyandaily.com

नेपाली चिया खरिद गर्न युरोपका ठूला आयाकर्ताहरूबीच प्रतिस्पर्धा देखिएको छ । यो प्रतिस्पर्धालाई उपयोग गर्नसकेमा नेपालको चियाले अन्तर्राष्ट्रिय बजारमा महत्वपूर्ण हिस्सा ओगट्न सक्ने देखिएको छ ।

जर्मनीका चिया व्यवसायीहरूको एक टोली आइपुगेलगत्तै अहिले चेक गणतन्त्रका चिया व्यापारीहरूको टोली नेपाल भ्रमणको क्रममा छ भने बुधवार बेलायती चिया व्यापारीहरूको टोली आउँदै छ । त्यस्तै अप्रिलको अन्तिम साता जर्मनीमा हुने विश्व चिया सम्मेलनमा नेपाली व्यवसायी सहभागी हुने भएका छन् । नेपालमा आएका चिया व्यापारीहरू हिमाली क्षेत्रमा रहेका चिया बगानहरू डुल्दा निकै प्रभावित हुने र तत्कालै चिया खरिद सम्झौता गर्न उत्साहित हुने गरेको व्यवसायीहरू बताउँछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)