मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चिनियाँ राष्ट्रपति सीले भने चीन नेपाल–भारत सीमा विवादमा पर्न चाहँदैन

nepalnews.com · Sat Aug 30 18:10:27 GMT 2025

काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल–भारतबीचको लिपुलेक मार्ग सम्बन्धी सीमा विवादमा चीन कुनै पनि पक्षमा नपर्ने र दुई पक्षले आपसी समझदारीमार्फत समाधान खोज्नुपर्ने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको शनिबारको भेटमा राष्ट्रपति सीले यस्तो अभिव्यक्ति दिएको परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए। भेटमा प्रधानमन्त्री ओलीले भारत–चीनबीच हालै लिपुलेक मार्गमार्फत भएको सीमा व्यापार सम्बन्धी समझदारीको प्रसङ्ग उठाउँदै सो भूभाग नेपालकै क्षेत्रभित्र पर्ने भन्दै आपत्ति जनाएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)