मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

एनी कार्सन : विधागत सीमा भत्काउने नोबेल विजेता लेखिका

ratopati.com · Sat Oct 10 09:15:00 GMT 2026

सन् २०२६ को साहित्यतर्फको नोबेल पुरस्कार विजेता एनी कार्सनलाई कसरी चिन्ने ? खासमा, कविता, प्राचीन ग्रीक साहित्य, अनुवाद, निबन्ध, संस्मरण र आलोचनालाई एउटै सिर्जनात्मक प्रभावमा मिसाउन सक्ने लेखिका हुन् उनी । साहित्यका विधाहरूबीच स्पष्ट सीमा कोर्नुभन्दा तिनलाई एकअर्कासँग समायोजन गराउनु उनको लेखनीको विशेषता हो ।

एनी प्राचीन ग्रीक मिथक र दर्शनबाट सामग्री लिन्छिन्, तर त्यसलाई विगतको स्मृतिमा सीमित राख्दिनन् । प्रेम, वियोग, इच्छा, हिंसा, एक्लोपन, स्मृति र मानवीय सम्बन्धका जटिल प्रश्नलाई आधुनिक जीवनसँग जोडेर प्रस्तुत गर्छिन् । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार कार्सनलाई प्रदान गरिनु उनको यही मौलिक साहित्यिक दृष्टिकोणको अन्तर्राष्ट्रिय मान्यताका रूपमा हेरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)