चेल्सीको विवादास्पद जित, स्पर्स स्तब्ध
ekantipur.com · Sat Aug 30 18:21:05 GMT 2025
लन्डन — चेल्सीले भीएआर विवादको फाइदा उठाउँदै शनिबार इंग्लिस प्रिमियर लिगमा फुलहमलाई २–० ले पराजित गरेको छ । इन्जो मारेस्काको टोली घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको लन्डन ‘डर्बी’ मा निकै भाग्यमानी रह्यो ।
फुलहमका जोश किङले गरेको सानदार गोल अमान्य गर्नुले चेल्सीको भाग्य खुलेको थियो । रोड्रिगो मुनिज संयोगले ट्रेभोह चलोबाघसँग ठोक्किन पुग्दा भीएआरले त्यसलाई फाउल दिएपछि किङले गरेको गोल उल्टाइदिएको थियो । फुलहमको निरासा यतिमै सीमित रहेन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)