महाकाली नदीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता
barnanmedia.com · Sat Oct 10 09:23:35 GMT 2026

महाकाली नदीमा चुँडिएको नेपाल टेलिकमको तार पुनः वारपार तान्ने क्रममा सशस्त्र प्रहरी बलका एक जना सहायक प्रहरी निरीक्षक (असई) बेपत्ता भएका छन्। बेपत्ता हुनेमा देवीस्थान गुल्ममा कार्यरत सागरराज थारु रहेका छन्।
सशस्त्र प्रहरीका अनुसार शनिबार दिउँसो १२:१५ बजे दोधारा चाँदनी नगरपालिका–४ बाट भीमदत्त नगरपालिका–१३ तर्फ रबर बोटको सहायताले तार तान्ने काम भइरहेको थियो। सोही क्रममा थारुको खुट्टामा तार अल्झिएपछि उनी रबर बोटबाट महाकाली नदीमा खसेर बेपत्ता भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)