कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
ratopati.com · Sat Oct 10 09:35:58 GMT 2026

विराटनगर । कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार २०८३ साल असोज २४ गते शनिबार राति १२ बजेदेखि कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन अन्त्य भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)