मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दिनमा एक 'शिफ्ट' मात्र काम गरेर पुँजीगत खर्च बढ्दैन, राति पनि काम गर्नुपर्याे - मन्त्री शर्मा

Ujyaaloonline.com · Mon Oct 11 00:00:06 GMT 2021

काठमाण्डौ – बजेट कार्यान्वयनका विषयमा विभिन्न निकायहरूसँग छलफल गर्ने क्रममा अर्थ मन्त्रालयले आज आइतवार राष्ट्रिय योजना आयोगसँग छलफल गरेको छ । बैठकमा प्रतिस्थापन बजेटले प्रक्षेपण गरेको सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न पुँजीगत खर्च बढाउने र बजेटमा घोषित कार्यक्रमहरू तत्काल सञ्चालन गर्ने गरी काम अघि बढाउनमा जोड दिइएको छ ।

छलफलमा अर्थ मन्त्री जनार्दन शर्माले सार्वजनिक निर्माण कार्यको ठेक्कासम्बन्धी कागजातमा दिउँसो र राति गरी दुई शिफ्टमा काम गर्नुपर्ने शर्त थपिने जानकारी दिनुभयो । ‘दिनमा एक शिफ्ट मात्र काम गरेर पुँजीगत खर्च बढाउन सकिँदैन । पुँजीगत खर्च भएन भने आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिन हुन्छ । विकास निर्माणको काम पनि तोकिएको समयमा सम्पन्न हुँदैन’, उहाँले भन्नुभयो, ‘रात्रि शिफ्टमा बत्ती बालेर भए पनि काम गर्नुपर्‍याे, हामीले पनि बेला–बेला नसुतेरै भए पनि अनुगमन गर्नुपर्‍याे ।’ निर्माण कम्पनीलाई उसको कार्यक्षमताभन्दा बढी सङ्ख्यामा ठेक्का दिएर पनि आयोजनाहरू अलपत्र परेको भन्दै उहाँले अब यसलाई पनि कानुन सच्याउने तयारी रहेको जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)