सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा पेस गर्ने नौ दलको निर्णय
Ujyaaloonline.com · Mon Mar 06 00:53:45 GMT 2023
काठमाण्डाै - सरकार समर्थित दलहरुले सङ्क्रमणकालीन न्याय सम्बन्धी विवाद छिटो टुङ्गाे लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो बेलुका बसेको सरकार समर्थित दलहरुको बैठकले संविधान र लोकतन्त्रको उपलब्धिको रक्षा गर्दै सङ्क्रमणकालीन न्यायको विषय छिट्टै टुङ्गाे लगाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
बैठक पछि सम्वाददाताहरु सँग कुरागर्दै नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभामा प्रमुख सचेतक रहनु भएका रमेश लेखकले सङ्क्रमणकालीन न्याय सम्बन्धी विवाद संसद्को चालु अधिवेशनमा टुङ्गाे लगाउने गरी अगाडि बढाइने बताउनु भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)