मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मौसममा सुधार आएपछि धवलागिरि हिमालको आरोहण पुनः शुरू

hamrakura.com · Sat Oct 10 00:00:00 GMT 2026

काठमाडौँ । मौसममा सुधार आएसँगै चालु शरद ऋतु (शरदयाम) का लागि विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको आरोहण पुनः शुरू भएको छ। असोजको पहिलो साता परेको अविरल वर्षा र भारी हिमपातका कारण प्रतिकूल मौसम बनेपछि आधार शिविरबाट फर्किएका आरोहीहरू मौसम सफा भएसँगै पुनः आधार शिविर पुगेर चुचुरोतर्फ अघि बढेका हुन्।

म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धवलागिरि हिमालको आरोहणका लागि डोरी टाँग्ने (रोप फिक्सिङ) टोली क्याम्प दुईभन्दा करिब ४०० मिटरमाथि पुगिसकेको सेभेन समिट ट्रेक्सका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईंले जानकारी दिए। उनका अनुसार असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षा र हिमपातका कारण आधार शिविर पुरिएपछि १४ जना आरोहीलाई उद्धार गरी पोखरा ल्याइएको थियो। मौसममा सुधार आएपछि अक्टोबर १ मा पोखराबाट फर्किएको टोलीले आरोहण अघि बढाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)