स्वास्थ्य शिविरबाट ८०० जनाले सेवा लिए
barnanmedia.com · Fri Apr 11 21:47:16 GMT 2025

गुल्मी, ३० चैत : इस्मा गाउँपालिका–६ अमरपुरमा विशेषज्ञ चिकित्सकसहित सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ८०० भन्दा बढी बिरामीले सेवा लिएका छन् । संयुक्त राष्ट्रसङ्घका पूर्वसहायक महासचिव कुलचन्द्र गौतमको परिवारद्वारा स्थापना गरिएको ‘हिमा स्मृति कोष’को आयोजनामा इस्माको अमरपुर स्वास्थ्य चौकीमा दुईदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
शिविरमा हाडजोर्नी, मुटु, मृगौला र स्त्रीरोगसम्बन्धि स्वास्थ्य परीक्षण गरिनुका साथै बिरामीलाई आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराइएको थियो । घरबाट लौरो टेकेर स्वास्थ्य जाँच गर्न पुग्नुभएकी ईस्मा अमरपुरकी ७९ वर्षीय तारा अर्यालले गाउँमै सेवा लिन पाएकामा खुसी व्यक्त गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)