मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

निःशुल्क आँखा शिविर सञ्चालन

barnanmedia.com · Fri Apr 11 21:56:21 GMT 2025

काठमाडौँ, ३० चैत : कालीकोटको सदरमुकाम मान्ममा निःशुल्क आँखा जाँच तथा मोतिविन्दु शल्यक्रिया शिविर सञ्चालन भएको छ । शुक्रबारदेखि तीन दिनसम्म सञ्चालन हुने उक्त शिविरमा कालीकोटलगायत अन्य जिल्लाका आँखाका बिरामीले सेवा लिन सजिलो भएको छ ।

नेपाल नेत्रज्योती सङ्घ जिल्ला आँखा उपचार केन्द्र कालीकोटको आयोजना र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा सञ्चाालन गरिएको शिविरमा आई केयर फाउन्डेसनले आर्थिक सहयोग गरेको छ । यसअघि महावै गाउँपालिका–२ ओदानकुमा पनि आँखा शिविर सञ्चालन गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)