दलहरुलाई उम्मेदवार छनोटको चटारो
nepalghatana.com · Fri Apr 15 17:16:51 GMT 2022
स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरुलाई उम्मेदवार छनोटको चटारो र सकसले च्यापेको छ। गठबन्धनको सन्तुलन र पार्टीभित्रको छिनाझपटीको व्यवस्थापनमा दलहरु असफल देखिएका छन् । एक मेयर र उपमेयरका लागि दर्जनौं नाम सिफारिसको लर्कोले पनि उपल्लो तहको नेताको मुख ताकेको प्रष्ट भएको छ।
राजधानी काठमाडौं उपत्यकाभित्रका दुई महानगर ललितपुर र काठमाडौंमा स्वतन्त्र उम्मेदवारहरुले चुनावी अभियान थालिसक्दा पनि प्रमुख दलका उम्मेदवारहरुको खासै टुंगो छैन । ललितपुर महानगरपालिकामा एमालेले २०७४ सालको निर्वाचनमा मेयरमा पराजित उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई चुनावी मैदानमा उतार्ने सर्वसम्मत् निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)