‘जसरी हुन्छ ब्याजदर घटाइदेऊ’
ekantipur.com · Sat Nov 05 01:04:48 GMT 2022
काठमाडौँ — चर्को ब्याजदरको पीडा थेग्न नसकिएको भन्दै उद्योगी व्यवसायी विरोधमा उत्रिएका छन् । राष्ट्र बैंकले नीतिगत दरमार्फत बैंकको ब्याज बढाएपछि व्यवसायी विरोधमा उत्रिएका हुन् । उच्चतम एकल बिन्दुमा रहेको ब्याजदर अहिले दोहोरो अंकमा पुगेको छ । ब्याजदरकै कारण व्यवसाय धान्न नसकिएको उनीहरूको भनाइ छ । यसै विषयलाई लिएर शुक्रबार १३ वटा उद्योग वाणिज्य संघले एकसाथ प्रदर्शन गरे ।
नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंको अगुवाइमा माइतीघरमा मण्डलमा गरिएको प्रदर्शनमा उनीहरूले जसरी हुन्छ ब्याजदर घटाइदिन माग गरे । ‘बैंकिङ आतंक बन्द गर’, ‘ब्याजदरमा स्थिरता कायम गर, चालु पँुजी निर्देशिका स्थगित गर’, गरिखाने मर्दै छ, सरकारको राजस्व घट्दै छ’ जस्ता नारा लेखिएका पर्चा र पम्प्लेट बोकेर उनीहरूले विरोध गरे । ‘ब्याजदरका कारण साना–ठूला व्यवसायी सबैलाई समस्या भएको छ । देशभरका व्यवसायी आन्दोलित छन्,’ उद्योग वाणिज्य संघ, काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले भने, ‘ब्याजदर घटाउनुपर्ने हाम्रो सुझाव हो । तर सुनुवाइ नभएपछि बाध्य भएर सडकमा आयौं ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)