चाडपर्व लक्षित बजार अनुगमनः चार व्यवसायी कारवाहीमा
rajdhanidaily.com · Sat Oct 10 10:14:39 GMT 2026

सिन्धुली । चाडपर्वका बेला उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले जिल्लाका विभिन्न बजारहरुमा अनुगमन तिव्र पारिएको छ । सोहि क्रममा शुक्रबार सुनकोशी गाउँपालिका र गोलन्जोर गाउँपालिकाका बजार क्षेत्रहरुमा अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा म्याद गुज्रिएका २१ हजार २४० रुपैंया बराबरका खाद्य सामग्री नष्ट गरिएको छ । अनुगमनका क्रममा म्याद गुज्रेका सामग्री फेला परेका र आवश्यक निर्देशनलाई कार्यान्वयन नगर्ने चार जना व्यवसायीलाई कारवाहि गरिएको छ । कारवाहिमा परेका तीन जनालाई २३ हजार जरिवाना गरिएको छ भने एक जनालाई अनुसन्धान गरि कारवाहि गरिने जिल्ला स्तरीय अनुगमन टोलीका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)