विकासका बाधक कानुनहरू एकै दिन च्यातेर फाल्छौँ: अध्यक्ष साम्पाङ
barnanmedia.com · Sat Oct 10 10:15:46 GMT 2026

काठमाडौं — श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले आफ्नो दलको सरकार बनेको दिन मुलुकका विद्यमान ८० प्रतिशत कानुनहरू च्यातेर फाल्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जालमार्फत आक्रामक अभिव्यक्ति दिँदै उनले विकास र सुशासनका बाधक बनेका कानुनहरू खारेज गरी नयाँ कानुन निर्माण गरिने बताएका हुन्।
अध्यक्ष साम्पाङले जनताको हित र प्रगतिको बाटोमा अवरोध सिर्जना गर्ने पुराना कानुनी व्यवस्था र प्रवृत्तिप्रति कडा रोष प्रकट गर्दै दोषी कसैलाई पनि नछोडा जाने स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, «श्रम संस्कृति पार्टीको सरकार आएको दिन ८०% कानुन च्यातेर फालिने छ! दोषीहरू कसैलाई छाडिने छैन! विकासको बाधक सबै कानुनहरू च्यातिनेछन् अनि नयाँ कानुन निर्माण गरिनेछ! जय जनता! जय सुशासन!!»
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)