प्रेरक प्रसंग : कोइलीको शुभ सन्देश
nayapatrikadaily.com · Fri Nov 17 00:05:00 GMT 2023
एक बिहान पूर्ण र अपूर्ण प्रातः भ्रमणका क्रममा जंगलतिर गए । शान्त जंगललाई चराचुरुंगीको चिर्बिराहटले मनमोहक बनाएको थियो । दुवै मित्र रमाउँदै जंगल घुम्दै थिए । नजिकैको रुखबाट कोइलीको कुहुकुहुको सुमधुर आवाज आयो ।
पूर्ण र अपूर्ण दुवै अन्धविश्वासी थिए । उनीहरूलाई कोइलीको आवाज शुभ सन्देशले भरिएको हुन्छ भन्ने भ्रम थियो । दुवैले कोइलीको आवाज आआफ्ना लागि मंगलसूचक ठाने । पूर्णले भन्यो– कोइलीले मलाई शुभ सन्देश दिइरहेको छ । आज मलाई निकै ठूलो सफलता प्राप्त हुनेछ । अपूर्णले थप जोसिँदै भन्यो– कहाँ तिम्रा लागि शुभ सन्देश दिएको हुनु नि ? उसले त मलाई पो मंगल सन्देश दिएको हो ! मलाई आज धेरै धन प्राप्त हुनेछ । किनकि, म तिमीभन्दा बढी नै भाग्यशाली छु ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)