मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्री झाँक्री अस्पतालबाट डिस्चार्ज, केही दिन भेटघाट बन्द

news24nepal.tv · Thu Nov 04 00:49:36 GMT 2021

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पतलबाट डिस्चार्ज हुनुभएकाे छ । निमोनियका कारण एकहप्ता अघि वीर अस्पताल भर्ना हुनुभएकी मन्त्री झाँक्री बुधबार राति डिस्चार्ज हुनु भएको हो । उहाँले सामाजिक संजाल फेसबुकमा आफू डिस्चार्ज भएको जानकारीसमेत दिनुभएको छ।

आफ्नो उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीहरु, अस्पताल प्रशासन, मेरा सुरक्षाकर्मी साथीहरु, मन्त्रालयका कर्मचारी मित्रहरू, लगायत स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पूर्ण आफन्तजन एवम् साथीभाईहरुप्रति आभार प्रकट गर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)