मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो

ratopati.com · Mon Jun 08 16:15:41 GMT 2026

रौतहट । रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुर स्थित समनपुर–गरुडा सडकखण्डमा आज बिहान सवारी साधनले ठक्कर दिँदा मृत्यु हुनेको पहिचान खुलेको छ । मृत्यु हुनेमा गढीमाई नगरपालिका—९ मलाहीटोलका ४३ बर्षिय प्रमोद सहनी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए ।

ठक्कर दिने सवारी साधनको पहिचान नभएको र खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकको बाँया खुट्टा साइकलको ह्यान्डलमा अड्किएको अवस्थामा रहेको तथा टाउकोमा गम्भीर चोट देखिएको छ । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।

---

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)