आर्ट ग्यालरी र म्युजियमको माग
ekagaj.com · Wed Jul 12 16:08:22 GMT 2023
भरतपुर - नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा बुधबार नारायणगढमा आयोजित कार्यक्रममा आर्ट ग्यालरी र म्युजियमको माग गरिएको छ । चितवन र नवलपरासी क्षेत्रमा चित्रकला तथा मूर्तिकलाको सम्भावना र चुनौती विषयक अन्तरक्रियात्मक गोष्ठीका वक्ताहरुले यस्तो माग गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि एवं आयोजक संस्थाका उपकुलपति लालकाजी लामाले महानगरभित्र अन्तर्राष्ट्रिय स्तरको आर्ट ग्यालरी चाहिने भन्दै सिटी हलको निर्माणपछि त्यसैको एउटा कुनामा आर्ट ग्यालरी राख्न सकिने बताए । ‘पपिश्चम चितवनमा भव्य कला ग्राम बनाउन सकिन्छ’ उनले भने, ‘आधुनिक कला संग्रहालय पनि आवश्यक छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)