पुष्प खड्काले ७० लाखको गाडी किने
nepalipatra.com · Thu Jan 01 05:30:00 GMT 1970
काठमाडौं । अभिनेता पुष्प खड्का फिल्मको हिरो बन्न कैलालीबाट काठमाडौं आएका हुन् । उनले फिल्मसम्मको बाटो तय गर्न निकै संघर्ष गर्नुपर्यो । लामो समय म्यूजिक भिडियोमा काम गरेपछि उनले फिल्म ‘अझै पनि’ मा सहायक अभिनेताको रुपमा काम गर्ने अवसर पाए । लिड हिरोको रुपमा भने उनले फिल्म ‘दर्पण छायाँ २’ काम पाए । तर, दुर्भाग्य दुवै फिल्म असफल भयो ।
यद्यपि, फिल्म ‘मंगलम’ ले उनको करिअर बदल्यो । अहिले उनलाई फिल्मको कमी छैन । पारिश्रमिक पनि आकर्षक बुझिरहेका छन् । म्यूजिक भिडियोमा पनि उनको माग उस्तै लोभलाग्दो छ । फिल्म र म्यूजिक भिडियोमा काम गरेरै कैलालीमा पक्की घर बनाएका पुष्पले सोमवार करीब ७० लाखको गाडी खरिद गरेका छन् । उनले हुन्डाइको क्रेटा गाडी किनेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)