साउदी नेतृत्वको गठबन्धनद्वारा हुथीका १३६ सैन्य निसाना ध्वस्त पारेको दाबी
gorkhapatraonline.com · Sat Oct 10 10:57:27 GMT 2026

यमनका हुथी विद्रोहीविरुद्ध साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले ठूलो स्तरको सैन्य कारबाही सञ्चालन गर्दै १३६ वटा सैन्य निसाना ध्वस्त पारेको जनाएको छ । गठबन्धनका प्रवक्ता तुर्की अल-मालिकीले शनिबार सामाजिक सञ्जाल एक्समार्फत इरानसमर्थित हुथी समूहका लडाकु र सैन्य क्षमतालाई लक्षित गरी कारबाही गरिएको जानकारी दिनुभएको हो ।
हुथी विद्रोही र साउदी अरबको समर्थन प्राप्त यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारबिच जुलाईमा पुनः चर्किएको द्वन्द्व त्यसयता साउदी अरबसम्म फैलिएको छ । हुथीको अल-मसिराह टेलिभिजन च्यानलले साउदी क्षेप्यास्त्रले उत्तरपश्चिमी यमनको सादा प्रान्तका विभिन्न क्षेत्रलाई निसाना बनाएको जनाएको छ । लालसागरको तटीय क्षेत्रको ठूलो भू-भाग नियन्त्रणमा राख्दै आएका हुथी विद्रोहीले साउदी अरबका यातायात केन्द्र, तेलसम्बन्धी पूर्वाधार तथा अन्य नागरिक संरचनामा ड्रोन र क्षेप्यास्त्रबाट आक्रमण गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)