मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जसपा केन्द्रीय समिति बैठकमा मन्त्रीको आलोचना

ratopati.com · Fri Jan 12 17:51:00 GMT 2024

काठमाडौँ । जनता समाजवादी पार्टीको केन्द्रीय समितिको बैठकमा पार्टीबाट सरकारमा सहभागी भएका प्रदेश तथा संघका मन्त्रीहरूको खुलेर आलोचना भएको छ । सङ्घ तथा प्रदेशका मन्त्रीहरूले मधेशको हितमा काम नगरेको गुनासो अधिकांश केन्द्रीय सदस्यले गरेका छन् ।

बैठकमा केन्द्रीय सदस्य जेपी यादवले भने, ‘देशमा सङ्घीयता समाप्त भए त्यसको दोष मधेश प्रदेश सरकारले लिनुपर्ने हुन्छ किनभने सरकारले भ्रष्टाचार र कमिसन लिनेबाहेक अरू केही काम गरेको देखिन्न । यदि सङ्घीयता समाप्त भयो भने मधेश प्रदेश त्यसको दोषी हुन्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)