मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

पुतलीबजारमा रेविज रोग रोक्न कुकुर बन्ध्याकरण

rajdhanidaily.com · Fri Apr 11 23:11:28 GMT 2025

स्याङ्जा । कुकुरबाट सर्ने रोग रेविजलाई न्युनिकरण गर्न स्याङ्जाको पुतलीबजार नगरपालिकाले सामुदायिक कुकुरहरूलाई निःशुल्क बन्ध्याकरण तथा रेविज रोग विरुद्धको खोप संचालन अभियान शुरु गरेको छ । नगरपालिकाको वडा नं.९ कोल्मा र वडा नं. १० को राङखोलाबाट नगरपालिकाले यो अभियान शुरु गरेको हो । पुतलीबजार नगरपालिकाको पशु सेवा शाखाको आर्थिक बर्ष २०८१÷८२ को बार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत निःशुल्क बन्ध्याकरण तथा रेविज रोग विरुद्धको खोप लगाइएको नगर प्रमुख तुलसीराम रेग्मीले बताए ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाको प्राविधिक सहयोगमा शिविर तथा रेविज बिरुद्धको खोप लगाइएको नगरपालिकाले जनाएको छ । दुई ठाउँमा गरेर पहिलो चरणमा १ सय ४१ वटा सामुदायिक कुकुरहरूको बन्ध्याकरण शल्यक्रिया गरिएको छ भने १ सय ८९ कुकुरहरुमा रेविज रोग विरुद्धको खोप लगाइएको नगर प्रमुख रेग्मीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)