मोटरसाइकलको ठक्करबाट मृत्युपछि स्थानीय आक्रोशित
baahrakhari.com · Sat Oct 10 11:18:23 GMT 2026

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, घुस्रा रोडस्थित तीनकुने चोकमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएपछि उनका आफन्त आक्रोशित बनेका छन् । शनिबार (असोज २४) आफन्तले सुर्खेत–जुम्ला फोरलेन सडक अवरुद्ध गरेका हुन् ।
शुक्रबार (असोज २३) बेलुका करिब ७ बजे घुस्राबाट तीनकुने चोकतर्फ जाँदै गरेको लु७२प २००९ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका दैलेखको भैरवी गाउँपालिकाका ३७ वर्षीय विवेक थापा र उनकी श्रीमती २९ वर्षीया सुनिता थापालाई ठक्कर दिएको थियो । उनीहरू वीरेन्द्रनगर–१०, बुदबुदेमा बस्दै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)