तेक्वान्दोमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली
rajdhanidaily.com · Fri Apr 11 23:18:19 GMT 2025
पोखरा । तेक्वान्दोमा सबैभन्दा माथिल्लो उपाधि ९ डान प्राप्त गरेका ग्राण्डमास्टर तुलसीकुमार गुरुङलाई पोखरामा भव्यरुपमा सम्मान गरिएको छ ।
गण्डकी प्रदेश तेक्वान्दो संघले शुक्रबार एक समारोह आयोजना गरी उनलाई खादा, दोसल्ला र ताम्रापत्रसहित सम्मान गरेको हो । नेपाल तेक्वान्दो संघका केन्द्रीय उपाध्यक्ष हरेश्वर पोखरेल, संघ गण्डकी अध्यक्ष जगनबहादुर गुरुङ, महासचिव रमेश पौडेलसमेतले उनलाई बधाई दिँदै सम्मान गरेका हुन् । सो अवसरमा तेक्वान्दो क्षेत्रका प्रतिनिधिको ठूलो सहभागिता थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)