लिग–२ को अन्तिम शृङ्खला : नेपालले आज क्यानडासँग खेल्दै
ratopati.com · Sat Oct 10 11:29:51 GMT 2026
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम शृङ्खलाअन्तर्गत नेपालले आइतबार क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान सवा ११ बजे खेल सुरु हुनेछ । यो खेल नेपाली टोलीका लागि अङ्कतालिकामा सुधार गर्ने मात्र नभई आगामी विश्वकप छनोटको बाटो सहज बनाउने महत्त्वपूर्ण अवसर हो ।
लिग–२ मा आफ्नो यात्राको अन्तिम चार खेल खेल्न लागेको नेपाल अहिले अङ्क तालिकामा सातौँ स्थानमा छ । नेपालले ३२ खेलबाट ११ जित, १९ हार र दुई खेलमा नतिजाविहीन हुँदै २४ अङ्क जोडेको छ । क्यानडा ३३ खेलबाट २५ अङ्कसहित छैटौँ स्थानमा छ भने ओमान २९ खेलबाट ३३ अङ्क जोड्दै पाँचौँ स्थानमा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)