ऋण काढेर दसैं मनाउँदैछन् चेपाङ समुदाय
deshsanchar.com · Sat Oct 21 01:24:27 GMT 2023
भरतपुर- चितवन जिल्लाको ग्रामीण क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई दसैं कसरी मनाउने भन्ने चिन्ताले सताएको छ। कतिपयले ऋण काढेर दसैं मनाउने तयारी गरेका छन्। यो समुदायका अधिकांशको आफ्नो उब्जनीले छ महिनालाई पनि पुग्दैन। गिठ्ठा, भ्याकुरलगायतका कन्दमूल खाएर जीविकोपार्जन गर्न कतिपय बाध्य छन्।
इच्छाकामना गाउँपालिका-२ का चेपाङ अगुवा पदमबहादुर चेपाङले आफ्नो समुदायमा ९० प्रतिशतले ऋण सापटीमा चाडपर्व मनाउने गरेको बताए। अरूको देखासिकीले चाडपर्व भड्किलो बन्दै गएको उनले बताए। उनले भने, ‘चेपाङ समुदायले परम्परागतरूपमा चाडपर्व मनाउने भए पनि अहिले केही भड्किलो बनेको छ। चाडपर्वका लागि ऋण काढेर गरेर गर्ने गरेको पाइन्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)