मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

युएईमा राजदूत खाली : चार महिनामा ६ नियोग नेतृत्वविहीन हुँदै

nayapatrikadaily.com · Thu Mar 09 00:41:00 GMT 2023

युनाइटेड अरब इमिरेट्सका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालको कार्यकाल सकिएको छ । उनी स्वदेश फिर्ता भएका छन् । तर, युएईका लागि राजदूत नियुक्तिको प्रक्रिया सुरु भएको छैन । अब तीन महिनाभित्र क्यानडाका लागि राजदूत भृगु ढुंगाना, कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी र थाइल्यान्डका लागि राजदूत गणेशप्रसाद ढकालको कार्यकाल सकिँदै छ । चारवर्षे कार्यकाल सकेर उनीहरू स्वदेश फर्किनेछन् ।

चार वर्षअघि नियुक्त भएका दुई राष्ट्रसंघीय नियोग र पाँच देशका लागि राजदूत कार्यकाल सकेर फर्किनुपर्नेमा सरकारले तीन राजदूतको म्याद असारसम्म थपेको छ । एकजना राजदूतको कार्यकाल सकिएको छ भने तीनजना राजदूतको पनि कार्यकाल सकिँदै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)