नेपाल चेम्बर अफ कमर्श र आईएमएफका प्रतिनिधिबीच भेटवार्ता
abhiyandaily.com
काठमाडौं (अस) । नेपाल चेम्बर अफ कमर्श र अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ)का प्रतिनिधिबीच भेटवार्ता भएको छ । आईएमएफका एशिया प्रशान्त क्षेत्रका विभागीय प्रमुख रबर्ट ग्रेगोरीको नेतृत्वमा नेपाल आएको प्रतिनिधि मण्डल र चेम्बर अफ कमर्शका पदाधिकारीहरूबीच चेम्बर कार्यालयमा मंगलवार भेटवार्ता भएको हो ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा तरलताको अभावले अर्थतन्त्रमा शिथिलता आएको र ब्याजदर वृद्धिले लगानीको वातावरणमा ह्रास आएको बताए । नेपालको वैदेशिक व्यापार घाटा बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि विकास साझेदार संस्थाहरूले ऊर्जा, पर्यटन तथा कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)