देशभरका ३५ हजार विद्यालयमा १९ दिन बिदा
nayapatrikadaily.com · Tue Jan 11 00:26:00 GMT 2022
कोरोना संक्रमण तीव्र रूपले बढ्न थालेपछि शिक्षा मन्त्रालयले विद्यालय तहका शैक्षिक कार्यक्रम बन्द गरी देशभरका करिब ३५ हजार विद्यालयमा बिदा दिने निर्णय गरेको छ । मन्त्रालयले विद्यार्थीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै १५ माघसम्म बिदा दिने निर्णय गरेको हो । विश्वविद्यालयको पठनपाठनका विषयमा भने कुनै निर्णय भएको छैन । परीक्षाका कार्यक्रम भने जनस्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने बताएको छ ।
आइतबार बसेको कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी)को सिफारिसअनुसार मन्त्रालयले विद्यालयमा बिदा दिने निर्णय गरेको हो । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले प्रेस विज्ञप्ति जारी गर्दै २७ पुसदेखि १५ माघसम्म बिदा दिने निर्णय गरेको जनाएका छन् । यही अवधिमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सबै स्थानीय तहमा खोप लगाउने कार्यक्रम रहेकाले त्यसमा सहभागी हुन मन्त्रालयले अनुरोध गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)