मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आम्दानी र खर्चमा सुधार

gorkhapatraonline.com · Mon Dec 18 01:11:53 GMT 2023

काठमाडौँ, पुस २ गते । खुम्चँदो राजस्व र कमजोर खर्चका कारण दबाबमा परेको सरकारी कोषमा सुधार देखिन थालेको छ । चालु आर्थिक वर्षकै पहिलो तीन महिना गत आवको सोही अवधिको तुलनामा कम राजस्व सङ्कलन र खर्च भएको अवस्थाबाट क्रमिक सुधार देखिन थालेको हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार मङ्सिरसम्म सरकारले लक्ष्यको २५.५५ प्रतिशत अर्थात् तीन खर्ब ६३ अर्ब ४२ करोड रुपियाँ सङ्कलन गरेको छ जुन २०७९ मङ्सिर मसान्तको तुलनामा साढे ३६ अर्ब रुपियाँले बढी हो । गत वर्ष मङ्सिर मसान्तसम्म सरकारले तीन खर्ब २६ अर्ब ८९ करोड रुपियाँ राजस्व सङ्कलन गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)