मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

घरबाटै होटल र फ्ल्याट टिकट बुकिङ गर्ने माध्यम ‘जाम्न’

abhiyandaily.com

काठमाडौं (अस) । नेपालको पहिलो ओटीए (अनलाइन ट्राभल एग्रिगेटर) प्लाटफर्म एक्सलट्रिपको नाम परिवर्तन गरी ‘जाम्न’ बनाइएको छ । सर्वसाधारणलाई उच्चारण गर्न सजलो होस् भन्ने उद्देश्यले नाम परिवर्तन गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका संस्थापक सीईओ ज्ञानेन्द्र खड्काले जाम्नको मोबाइल एप र आधिकारिक वेबसाइट ‘जाम्न डटकम’बाट नेपालका पाँचओटै एयरलाइन्सको टिकट र एक हजार पाँच सयभन्दा बढी होटल बुक गर्न सकिने बताए ।

डिजिटल वालेटहरू ई–सेवा, फोन पे, खल्तीसहित बैंकहरूको मोबाइल बैंकिङ एप तथा बैंकका कार्ड प्रयोग गरी नेपालभित्रका होटलको सेवा र एयरलाइन्सको टिकट बुक गर्न सकिने उनले बताए । अनलाइनमार्फत रकम भुक्तानी गर्न नचाहने ग्राहकले एपमा ‘पे एट होटल’को अप्सन छनोट गर्न सक्ने व्यवस्था पनि रहेको जानकारी उनले दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)