१० खेलाडीमा सीमित नेदरल्याण्ड्सलाई हराउदै चेक रिपब्लिक क्वाटरफाइनलमा
pahilopost.com · Sun Jun 27 18:00:44 GMT 2021
यूईएफए युरो कपको प्रि-क्वाटर फाइनल अन्तर्गत आज भएको खेलमा चेक रिपब्लिकले नेदरल्याण्ड्सलाई पराजित गरेको छ। हंगेरीको बुडापेस्टस्थित पुस्पक एरेनामा भएको खेलमा चेक रिपब्लिकले नेदरल्याण्ड्सलाई २-० गोल अन्तरले हराएको हो।
चेक रिपब्लिकले शुरुदेखि नै दबाबका साथ खेल प्रस्तुत गरेका थियो। पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५५ औँ मिनेटमा म्याथियस डि लिटले रातो कार्ड खाँदै बाहिरिएपछि नेदरल्याण्ड्स १० खेलाडीमा सीमित भयो। त्यसपनि भने नेदरल्याण्ड्स झनै दबाबमा पर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)