च्याउखेतीबाट वार्षिक १५ लाख आम्दानी
barnanmedia.com · Sat Aug 30 22:10:13 GMT 2025

वैदेशिक रोजगारीबाट फर्किएर च्याउखेती सुरु गर्नुभएका बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशन गुप्ताले च्याउखेतीबाट वार्षिक रु १५ लाख आम्दानी गर्दै आउनुभएको छ । विसं २०७७ देखि व्यावसायिक च्याउखेती सुरु गर्नुभएका उहाँले सबै खर्च कटाएर वार्षिक रु १२ लाख बचत गर्दै आउनुभएको हो ।
भाइ भरत गुप्तासँगको सहकार्यमा रु ५० हजार लगानी गरी व्यावसायिक च्याउखेती सुरु गरेको रोशनले बताउनुभयो । सात वर्षसम्म वैदेशिक रोजगारीमा रहेर स्वदेश फर्किनुभएका गुप्ताले विदेशमा कमाएको रकम लगानी गर्ने निर्णय गरेसँगै सुरुमा रु ५० हजारबाट खेती सुरु गरेको बताउनुभयो । अहिले लाखौँ रुपैयाँ लगानी भइसकेको उहाँको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)