मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ला लिगा: मालोर्कालाई हराउँदै रियल माड्रिड शीर्ष स्थानमा

ratopati.com · Sat Aug 30 22:18:00 GMT 2025

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियल माड्रिडले आरसीडी मालोर्कालाई २–१ ले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

सान्तियागो बेर्नाबेउमा भएको खेलमा मलोर्काले पहिलो हाफमै मुरिकीको गोलमार्फत अग्रता लिएको थियो। तर, ३७ औं मिनेटमा माड्रिडका लागि अर्डा गुलरले बारबरीले बराबरी गोल गरे। त्यसको एक मिनेटमै भिनिसियस जुनियरले अर्को गोल थपेपछि रियलले २–१ को जित सुरक्षित गर्‍यो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)