नाना पाटेकरसँगका ती दिन
nepalnews.com · Sat Oct 10 13:15:08 GMT 2026

नाना पाटेकरजीको निधनको खबरले मलाई अत्यन्त दुःखी बनाएको छ। उहाँ भारतका महान् कलाकार मात्र होइन, मेरा पुराना र आत्मीय मित्र पनि हुनुहुन्थ्यो। उहाँसँग बिताएका ती दिन, सँगै हिँडेका क्षण र गरेका कुराकानी आज फेरि सम्झिरहेको छु। ती सम्झना मेरा लागि सधैँ अमूल्य रहनेछन्।
नाना पाटेकरजीसँग मेरो पहिलो भेट २०४४ सालतिर काठमाडौँमा भएको थियो। उहाँ चलचित्रको छायांकनका सिलसिलामा नेपाल आउनुभएको थियो। त्यतिबेला ‘डन’जस्तो चर्चित चलचित्रका निर्देशक चन्द्र बारोटजीको ‘२० रुपैयाँ’ चलचित्रको छायांकन भइरहेको थियो। नाना पाटेकरजी र दिव्या रानाजी त्यसमा अभिनय गर्दै हुनुहुन्थ्यो। त्यसैबेला विनोद खन्नाजीसँग पनि मेरो चिनजान भयो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)